Section 17D
प्राचीन स्मारक संरक्षण कोष :
(१) ऐतिहासिक तथा कलात्मक दृष्टिले महत्वपूर्ण मानिएका प्राचीन स्मारकहरूको संरक्षण गर्न तोकिए बमोजिमको एउटा कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा रहने रकम तथा कोषको सन्चालन सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३